अमेरिका– अमेरिकाले चीनलाई बन्धी बनाइएका एक तिब्बती बौध धर्मगुरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

चिनिया अधिकारीले बन्धि बनाइएका एघारौ पन्चेन लामाको मान्यता पाएका गेधुन चोयकी निमालाई रिहा गर्न आग्रह गरेको हो । सन् १९९५ मा तिब्बती युवा निमालाई एघारौ पन्चेन लामाको मान्यता दिइएको थियो । दलाई लामापछि तिब्बती बौद्ध धर्ममा उनलाई सबैभन्दा बढी आध्यात्मिक अधिकार दिइएको थियो । यो मान्यता दिएको केही दिनपछि नै उनी गायब भएका थिए । जसलाई संसारकै कम उमेरका राजनितिक कैदीको रुपमा समेत व्याख्या गरिएको छ ।
अमेरिकी राजदुत सैम ब्राउनबैकले एउटा कन्फेन्स कलमा पत्रकारहरुसंग भने– हामीलाई यो कुराको कुनै अनुमान छैन, उनि कहा“ छन । हामीलाई चिनिया अधिकारीलाई पन्चेन लामालाई मुक्त गर्न दबाब दिनु आवश्यक छ ,संसारलाई जानकारी दिनुपर्छ उनी कहा“ छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected