-बैकुन्ठराज आचार्य

मान्छेले,

राम्री परिहरु

दयालु परिहरु

मायालु परिहरु

किन हो

बादल पारि

कता कता

स्वर्ग भन्ने ठाउँमा मात्रै

हुन्छन भन्ने सोचेछ

अनि परिहरु

कहिलेकाहीँ मात्रै  

यहाँ आउँछन भन्ने सोचेछ

मान्छेले,

अनि त्यहि बाट

भ्रम शुरु गरेछ  

आफ्नै अवमूल्यन गरेछ

धरतीको अवमूल्यन गरेछ

अनि,

अवमूल्यन गरेछ

यहाँ भएका लाखौँ परिहरुको

यहाँका भएका  लाखौँ स्वर्गहरुको

यहाँ भएका लाखौं देवताहरुको  

यहाँ भएका लाखौं देवीहरुको

पछिको कुरा हो स्वर्ग

धर्ती छोड्नु पर्यो

आफुलाई छोड्नु पर्यो

त्यो स्वर्ग पुग्न

आफैं संग भएको स्वर्ग नचिनेर

अर्को  के स्वर्ग खोज्नु हो ?

मैले त यहीं

कति परि भेटें

कति स्वर्ग भेटें

माया-प्रेम, स्नेह भेटें

अनि,

उनीहरु संगै

स्वर्गको अनुभूति भेटें

धेरै परि छन यो धरतीमा

सिर्फ

देख्ने आँखा चाहिँदो रहेछ

परीको जस्तै आफ्नो पनि

कोमल मुटु हुनुपर्दोरहेछ ।।

(प्रकाशोन्मुख कविता संग्रहको)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected