आज अमेरिकन आइडलको ग्राण्ड फिनाली, दिवेशले उपाधी चुम्ने संभावना

अमेरिका– अमेरिकामा कोरानाको महामारी बीच नेपाली युवा दिवेश पोखरेल अर्थात अर्थर गन विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलको उपाधिको नजिक पुगेका छन् ।
उत्कृष्ठ सातमा पुगेका दिवेशले आज आइतबार राती आठ बजे सुरु हुने फाइलनमा उपाधी जित्ने संभावना बढेको हो । अमेरिकन आइडलको प्रतिस्पधीहरुमा दिवेशले पछिल्लो क्रममा भोट पनि अधिक पाइरेका छन् । उनले ३६ मिलियन भाेट यस अघि पाएका थिए ।
संसारभर रहेका नेपाली देखि उनको गला र कलालाई मन पराउनेहरुले उनलाई १८ औ संस्करणको अमेरिकन आइडल बनाउनेतर्फ लागी परेका छन् । उनी आज टप फाइभमा पुगेपछि उपाधीको लागी अगी बढनेछन् ।
उनलाई उत्कृष्ठ पाऑचमा पुग्न साथ भोट हाल्न सकिनेछ । जजहरुबाट समेत माया पाएका उनलाई दर्शकले समेत अधिक भोट गरिरहेकाले पनि उनको अमेरिकन आइडलको उपाधी चुम्ने संभावना बढेको संगीतका विश्लेषकहरु बताउछन् ।
दिवेशलाई अमेरिकन आइडलको एप्स डाउनलोड गरी अर्थर गनमा दस पटक सम्म भोट गर्न सकिनेछ । त्यस्तै उनलाई अमेरिकको टेलिफोन नम्बरबाट २१५२३ मा दस पटक सम्म ट्याक्स मेसेज गर्न सकिन्छ ।र एबिसी च्यानलको एप डाउनलोड गरेर अर्थर गनलाई भोट गर्न सक्नुहुनेछ । सबै गरेर उनलाई ३० पटक सम्म भोट गर्न सकिनेछ । उनी टप फाइभ घोषित भएपछि रियल टाइममा भोटीङ गर्नुपर्ने हुन्छ ।
।
अमेरिकन आइडलको अडिसन राउन्ड पुरा गरी विभिन्न चरण हुदै टप–७ सम्म आइपुगेका दिवेशको अमेरिकन आइडलको उपाधी रक्षा भोटिङमा नै निर्भर गर्नेछ ।
काठमान्डौका २१ वर्षिय दिवेश पोखरेलले निर्णायकहरु लयोनल रिची, केटी परीर लुक ब्रायनको मन जितिसकेका छन् । उनको गायकीबाट जजहरु प्रभावित भइसकेका छन् । अव भने उनको यात्रा आम दर्शकको हातमा छ ,जसले उनलाई अमेरिकन आइडलको उपाधी नजिक पु¥याउन मदत गर्नेछ । कोरोनाको महामारी बीच अमेरिकन प्रस्तुती आफनो घरबाटै दिएका थिए ।
नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने उनी पहिलो नेपाली हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।क अमेरिकन आइडल हरेक आईतबार एबीसि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुदै आएको छ ।