शिव शर्मा
अमेरिका– अमेरिकामा कोरानाको महामारी बीच विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल अन्तत :उपविजेता बन्न पुगेका छन् ।
अमेरिकन आइडल घोषणा गर्ने क्रममा   जस्ट साम र दिवेशको नाम आएको थियो । अन्नत अन्तयमा विजेतामा जशमले बाजी मारिन । धेरै नेपालीले उनले उपाधी जित्ने लख काटेका थिए ।कार्यक्रम उद्घघाेषक रायनले विजेताकाे नाम घाेषणा गरेका थिए ।  धेरैले अभियान पनि चलाएका थिए  ।तर अन्तमा उनी उपविजेता बने ।
आर्थर गनको नामले परिचित पोखरेल विभिन्न चरण पार गदै अमेरिकन आइडलको आइतबार भएको फाइनलमा उत्कृष्ठ पाँच हुदै उपाधी जित्ने होडमा अघि बढेका थिए । तर अन्तमा उनले उपविजेतामा चित्त बुझाउनु प¥यो ।
१८ औ संस्करणको अमेरिकन आइडलको उपाधी भने अश्वेत अमेरिकन युवति  जस्ट सामले हात पारेकी छिन् ।
,मलाई यो अवस्था सम्म ल्याउन सहयोग गर्ने तपाई सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु’ दिवेशले भनेका छन् – अब मलाई अगाडी बढन तपाईहरुको भोटको आवश्यकता पर्ने भएकाले सबैसंग सहयोगको आव्हान गर्दछु ।’

काठमान्डौका २१ वर्षिय दिवेश पोखरेलले निर्णायकहरु लयोनल रिची, केटी परीर लुक ब्रायनको मन जितेका थिए । उनको गायकीबाट जजहरु प्रभावित भइसकेका छन् ।
नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने उनी पहिलो नेपाली हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected