अमेरिकाकाे मेरिल्यान्डमा तलाउमा डुबेर वाग्लुङ्गका नेपाली युवाकाे निधन

अमेरिका-अमेरिकाकाे मेरिल्यान्डमा बसाेबास गर्दै आएका २५ वर्षिय आशीष केंसीकाे तलाउमा डुबेर आईतबार ज्यान गएकाे छ
मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरकाे हवाला दिदै मेरिल्याण्ड जनरल एसेम्वली डेलिगेट ह्यारी भन्डारीले मुत्यु भएकाे पुष्टि गरेका हुन ।
विगत तीन वर्ष देखि मेरिल्याण्डमा वस्दै आएका नेपालको वाग्लुङ्ग का केसी गत शुक्रवार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबे का हुन ।
उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा पुर्याएका थिए । उपचारकाे
क्रममा आईतवार उनकाे दुखद निधन भएको हो । उनी साथीहरुसंग मिलेर तलावमा पाैडी खेल्न गएका थिए ।
तलाउमा डुबेर मध्य भागमा पुगेपछि चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए । साथीहरुले उद्दार गर्न नसकेपछि तुरुन्तै ९११ मा कल गरेपछि प्रहरी र उद्दारकर्ताकाे टाेली पुगेकाे डेलिगेट भन्डारीले जानकारी दिए ।
हेलिकप्टर सहितको टोलीले उहाँको उद्धार गरेर अस्पताल पुर्याएकाे थियाे ।अस्पतालका अनुसार तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएका थिए ।
आशिषकाे अस्पताल पुराउने समयसम्म मुटुको धडकन (हर्ट विट) अवरुद्ध भएको,मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेकोले उनलाई चिकित्सकले बचाउन सकेनन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...