अमेरिका– प्रवासी नेपाली समुदायको विषय उठान गर्ने उद्देश्यले अमेरिकाबाट संचालित युएसनेपाल पोष्टको सम्पादन मण्डलमा अमेरिकाको न्युजर्सिबाट कुमार जंग कार्की र बाज्रीलबाट प्रिया राना आवद्ध भएका छन् ।
युएसनेपाल पोष्टलाई विश्वभरका नेपालीमाझ पु¥याउने उद्देश्य सहित युएसनेपाल पोष्टको टिममा कार्की र राना आवद्ध भएका हुन ।
कार्कीले लामो समय नेपालको पोखरामा रहेर नवटाइम्स राष्ट्रिय मासिक पत्रिकामा कार्यकारी सम्पादकको रुपमा काम गरिसकेका छन् ।  केहि समय उनले पल्स टु कलेजमा प्राध्यापन पनि गरे ।साहित्य  लेखनमा समेत सक्रिय कार्कीका केही पुस्तक समेत प्रकाशित छन् ।

खोजमुलुक र फिचर लेखनमा रुची राख्ने कार्की अहिले अमेरिकाको न्युजर्सि राज्यमा बसोबास गदै आएका छन ।

त्यस्तै दक्षिण अमेरिकाको सबैभन्दा ठुलो देश तथा फुटबलको सहरको रुपमा परिचित बाज्रिलबाट प्रिया राना आवद्ध भएकी छिन् ।लामाे समय नवतलास मासिक पत्रिकामा आबद्द रहिन । नेपालमा हुदा समेत विभिन्न पत्रपत्रिकामा स्वतन्त्र लेखन गदै आएकी राना खोजमुलक समाचारमा रुची राख्छिन् । उनी अहिले फुटबलको सहर ब्राजिलमा बसेर युएसनेपाल पोष्टका लागी लेख्दै आएकी छिन् ।
युएसनेपाल पोष्टका लागी आवद्ध भएर समाचार संकलनमा सक्रिय दुई सहकर्मिलाई युएसनेपाल पोष्ट हार्दिक स्वागत गर्दछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected