न्युजर्सीमा लकडाउनको अवज्ञा गर्दै जिमहल संचालन गर्ने खाेज्ने प्रहरी नियन्त्रणमा

कुमार जंग कार्की
मे १९ , न्युजर्सी , अमेरिका
लगातारको लकडाउनले आफ्नो ब्यबसायलाइ धरासायी बनाएको र व्यक्त्तिको स्वतन्त्रता लाई हनन गरेको भन्दै न्युजर्सी राज्यको दक्षिणभागमा रहेको बेलमर सहरमा अबस्थित एटिलिस जिमहल संचालन गर्न खोज्दा जिमहलका संचालकलाई जरिवाना तथा अटेर गर्ने सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिमहल संचालकहरुले सोमबार देखि लगातार जिमहल खोल्ने प्रयाश गरिरहेका थिए भने प्रहरीहरुले उनीहरुलाई रोक्दै आइरहेका थिए । दिनहु जसो जिमहल अगाडी लकडाउन समर्थक तथा बिरोधिहरुको नाराबाजी चल्दै आइरहेको थियो।
आफुहरुले सामाजिक दुरी कडाईका साथ लागुगरेको , तापक्रम नापेर मात्रै भित्र प्रवेश दिने गरेको र आफ्ना सदस्य हरुलाईका लागि मात्रै खोल्न लागिएकाले अरु अत्याबश्यक सेवा बाहेकका ब्यबसायसंगै जिमहल हरु पनि खोल्न पाउनु पर्ने संचालक हरुको माग छ भने जिमहल हरुमा मानिसहरुको भिडभाड हुने हुदा झन् संक्रमण बड्न सक्ने तथा यो गभर्नरको स्टे होम अडरको उलंघन भएको अधिकारीहरुको धारणा छ।
जिमहल संचालक हरुले आफ्ना सदस्यहरुलाई जिमहल आउदा प्रहरीले पक्राउ गर्न सक्नेबारे पहिल्यनै सचेत गराएका थिए तथापी त्यहा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।