युएसनेपाल पाेस्ट संवाददाता
न्युयोर्क अमेरिका -न्युयोर्क राज्यको वेस्टचेस्टर काउन्टीमा अबस्थित एक स्थानीय नर्सिंग होमले पहिलो पटक कोभिड १९ को संक्रमण घटाउन रोबोट हरुको प्रयोग गर्ने भएको छ।
ह्यस्टिंग्स अन हड्सन टाउनमा रहेको एन्ड्रस अन हुड्सन नर्सिंग होमले सो प्रयोग गर्न लागेको हो । नर्सिंग होमका सी ई ओ जेम्स रोजेनम्यानका अनुसार स्वास्थ्यकर्मी तथा डाक्टरहरुको नियेंत्रणमा रोबटले बिरामीलाई नछोईकन बिरामीको स्वाश प्रस्वाश, रक्तचाप, र अन्य धेरै चीजहरूको जाँच गर्न सक्दछ।
रोबट हरुलाई बिरामीहरूका कोठाहरुमा सजिलै घुम्न सक्ने गरि तयार पारिएको छ। प्रविधि महँगो भएता पनि यसले कोभिड १९ को संक्रमण घटाउन तथा व्यक्तिगत सुरक्षा उपकरण (PPE) को समेत बचत गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्सिंग होमले जनाएको छ।
सम्बन्धित खवर
-
अमेरिका — अमेरिकामा परिवारका ...
-
सेप्टेम्बर ३, २०२६ग्रीनभिल ...





















