न्युजर्सी, अमेरिका-न्युजर्सी राज्यले कोरोना को बढ्दो संक्रमण संगै लगाएको १० जना भन्दा धेरै भेला हुन नपाउने प्रतिबन्ध हटाएको छ । न्यु जर्सी राज्यका गभर्नर फिल मर्फीले शुक्रबार बिहान आफ्नो दैनिक प्रेस सम्मेलनमा सो घोषणा गरका हुन् । उनले प्रेस सम्मेलनमा बताय अनुसार अब उप्रान्त २५ जना सम्म घर बाहिर भेला हुन पाइने छ साथै आजकै मिति देखि लागु हुने गरि केहि बाहिरी मनोरन्जन व्यवसायहरूका लागि पनि अनुमति दिइएको छ । तर उनले यो नियम भोज तथा ग्रयाजुएसन पार्टी हरुमा भने लागु नहुने बताएका छन् भने घर भित्र हुने भेला तथा जमघट लाई भने १० जनामै कायम राखिएको छ । भेला जमघटमा सामाजिक दुरी तथा मास्क को प्रयोग भने अनिबार्य गरिएको छ ।
आज मात्रै न्यु जर्सीमा १३९४ नया संक्रमित थपिएका छन् भने यो संगै जम्मा संक्रमित को संख्या १,५२,७१९ पुगेको छ भने १४६ नया मृत्यु संगै जम्मा मृत्यु हुनेको संख्या १०,९८५ पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected