अमेरिकाले यही वर्षको अन्तमा कोरोना भ्याक्सिन ल्याउदै , काम तिव्र बनाउदै

अमेरिका– विश्वमा नै ताण्डव मच्चाइरहेको कोरोनाभाइरस समाप्त पार्न अमेरिकाले भ्याक्सिन बनाउने कामलाई तिव्र पारेको छ ।
अमेरिकाले यो वर्षको अन्त सम्ममा भ्याक्सिन तयार पार्न जुटेको हो । यसै स्वरुप टेस्टिङको प्रयासमा एक लाख भन्दा बढी बालंटियरो लाई समावेश गराइएको छ । यो जानकारी कार्यक्रमको नेतृत्व गरिरहेका वैज्ञानिकहरुले जानकारी दिएका छन् ।
विशेष गरी एउटा भ्याक्सिन विकसित गर्न दस वर्षको समय लाग्ने गरेकोमा अमेरिकाले यो योजनाका लागी केही महिनामा तयार गर्न लागेको हो । कोरानाभाइरसले दुई महिनामा महामारीको रुप लिएपछि भ्याक्सिनको आवश्यकता महसुस भएको हो । यो कोविड–१९ बाट अहिले सम्म ५५ लाख बढी संक्रमीत र ३ लाख ४५ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
अग्रणी भ्याक्सिन निमार्ताहरुले डाटा शेयर तथा आफनो क्लिनिकल ट्रायल नेटवर्क दिने सहमति समेत जनाएको छ । सानो प्रारम्भिक अध्ययनमा जसले सुरक्षीत प्रदर्शन देखाएका छन् उनीहरुलाई २० देखि ३० हजार विषयको ट्रायलमा समावेश गरिने बताइएको छ ।
संक्रमीत रोग विशेषज्ञ डाक्टर एन्थनी फासीले भनेका छन्–‘यदि सबै सही भए डिसेम्बर तथा जनवरीमा कोरोना भ्याक्सिन तयार हुने छ ।’
अमेरिकी सरकारले भ्याक्सिन निर्माणमा करोडौ रुपैया खर्च गर्ने निर्णय समेत गरेको छ ।
यो बेला कोरोना भाइरसका कारण संघर्ष गरिरहेका अधिकांश देशहरुले कोरोनाको भ्याक्सिनमा अनुसन्धान गरिरहेका छन् । दर्जनौ अनुसन्धानात्मक सस्थाहरु यसमा काम गरिरहेका छन् । अमेरिका संगै चीन तथा दक्षिण कोरियाले पनि यस्तै भ्याक्सिनको बारेमा काम गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
विश्व स्वास्थय संगठनले जुन दिन कोरोना महामारी घोषित गरेको थियो त्यही दिनदेखि नै अमेरिकाको सियाटलमा भ्याक्सिनको परीक्षणको तयारी तिव्र रुपमा भएको थियो ।