युएसनेपाल पोस्ट सम्बाददाता

नर्थ क्यारोलिना, (अमेरिका)- बिभिन्न राज्यहरु बाट संक्रमितहरुको संख्यामा उल्लेखनीय कमि आएको समाचारहरु आइ रहदा पुर्बी राज्य नर्थ क्यारोलिनामा भने संक्रमित हरुको संख्या दिन प्रतिदिन बढ्दै गइ रहेको समाचार छ । राज्यको स्वास्थ्य तथा मानव सेवा विभागले सनिबार दिएको जानकारी अनुसार एकैदिन ११०७ जना नया संक्रमित थपिएका हुन् जुन संख्या नर्थ क्यारोलिना राज्यमा एकै दिन थपिएको अहिले सम्मकै उच्च हो । नर्थ क्यारोलिनामा अहिले सम्म कुल २२,७२५ संक्रमित देखिएका छन् भने ७३७ जनाले ज्यान गुमाई सकेका छन् । नर्थ क्यारोलिनामा गत मार्च ३ मा कोरोना को पहिलो केस देखिएको थियो ।

“यो एउटा उल्लेखनीय र चिन्ताजनक वृद्धि हो ” स्वास्थ्य तथा मानव सेवा विभागका सेक्रेटरी म्यान्डी कोहेनले आफ्नो विज्ञप्तिमा जनाएका छन् साथै उनले सप्ताहन्तको बिदामामा मास्कको प्रयोग गर्न, सामजिक दुरी कायम राख्न र बारम्बार हात धुन सबैलाई आव्हान समेत गरेका छन् ।

संक्रमित हरुको संख्यामा वृद्धि देखिए पनि संक्रमण को दर भने घटेको वा रोकिएको र अबको दुइ हप्तामा संक्रमितको संख्यामा पनि उल्लेखनीय कमि हुने आशा बिभागले गरेको छ । कोरोना संक्रमितको संख्यामा भएको वृद्धिका बाबजुद गत सुक्रबार बाट नर्थ क्यारोलिना पुन खोल्ने क्रमको दोस्रो चरणमा छ जहाँ रेस्टुरेन्टहरू, सैलूनहरू, तथा पौडी पोखरीहरूलाई उनीहरूको आधा क्षमता र अन्य प्रतिबन्धहरूका साथ खोल्न अनुमति दिइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected