प्रिया राना
ब्राजील– संसारकै ठुलो वर्षावन (Rain forest)काे  रुपमा चिनिन्छ अमेजनको जंगल । यो जंगलको ६० प्रतिशत भन्दा बढी हिस्सा दक्षिण अमेरिकी मुलुक ब्राजिलले ओगटेको छ ।

यतिबेला कोरोना महामारी तिव्र रुपमा फैलिएको ब्राजील संगै यो जंगलमा बस्दै आएका आदिम आदीबासीहरुमा पनि कोरोनाको खतरा बढेको छ ।
खतरा बढदै गएपछि यतिबेला आदीबासीहरु बसोबास गदै आएको इलाकामा पुगेर ब्राजीलका सरकारी स्वास्थ्य कार्यकताहरुले धमाधम परीक्षण् गरिरहेका छन् । ब्राजीलका आदिवासीहरुमा कोरोनाको पहिलो संक्रमण अमेजन इलाकामा नै भेटिएको थियो । जंगलमा बस्दै आएका यी समुदायहरु संग न सेनिटाइजर छ नत साबुन नै । उनिहरुमा कोरोना फैलियो भने बच्ने सक्ने कुनै उपाय नभएको बताइन्छ ।
यदि फेरी यो महामारी फैलियो भने अमेजनका आदीबासी इलाका ठुलो चपेटामा पर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । जसले लाखौको ज्यान जान सक्ने बताइएको छ । यी आदीबासीहरु एक अर्कोको सम्पर्कमा रहीरहने भएकाले पनि खतरा बढेको हो । यिनीहरुले खाने कुरा देखि प्रयोग गर्ने सामान समेत साझा रुपमा प्रयोग गर्ने गरेका छन् ।
अमेजनको जंगललाई पृथ्वीको फोक्सो भनेर पनि चिनिने गरेको छ । सदियौ देखि धेरै आदीबासी समुदाय यस जंगलको इलाकामा बसोबास गदै आएका छन् । कोराले गर्दा यी आदीबासीहरुको अस्तित्वमा समेत संकट ल्याइदिएको छ ।
इकोलोजिस्ट डेविड लापोलाले अमेजनको जंगल संक्रमण फैलिने अर्को इपिसेन्टर हुन सक्ने चेतावन दिएका छन् । उनले भनेका छन्– जंगली इलाकामा शहरीकरणका कारण जुनोटिक बिमारी उत्पति भइ जनावारबाट मानिसमा फैलिन्छ । यसले एउटा नया प्रकारको कोरोना भाइरस जन्मदिने उनले बताए ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected