अमेरिका–कोविड–१९ को महामारीले लाखौ अमेरिकी नागरिकले जागीरबाट हात धुनु प¥यो । तर यही मुलुकका चल्ताफुर्ता अर्बपतिहरुले सम्पत्ति भने बृद्धि भएर गएको छ । एक तथ्याङक अनुसार अर्बपतिहरुको सम्पत्ति ४३४ अर्ब डलरले बृद्धि भएको हो । अमेजनका सिइओ जेफ बेजोसको सम्पत्ति ३४.५ अर्ब डलर बढ्यो ।
फेसबुकका सिइओ मार्क जुकरबर्गको सम्पत्ति २५ अर्ब डलरले बद्धि भएको छ । विशेष गरी पा“च अमेरिकी अर्बपतिहरु जेफ बेजोस, बिल गेटस, मार्क जुकरबर्ग बारेन वफेट तथा ओरेकल के लैरी एलिसनको कुल सम्पत्ति १९ प्रतिशतले बृद्धि भएको छ ।
अमेरिकस फर ट्याक्स फेयरनेस (एटीएफ) तथा इस्टीटच्युट फर पोलिसी स्टडीज (आइपीएस) का अनुसार अमेरिकी अर्बपतिहरु आर्थिक रुपले अघि बढीरहेका छन् , जब की अमेरिका दुई महिनादेखि ठप्प थियो ।
फोब्र्स को तथ्याङक अनुसार १८ मार्च देखि १९ मे का बीच ६ सय अधिक अमेरिकी अर्बपतिहरुको कुल सम्पत्ति ४३४ अर्ब डलर अर्थात १५ प्रतिशतले बृद्धि भएको छ ।
त्यसै गरी यही बीचमा ३.८० कोरोड भन्दा बढी कामकाजी अमेरिकनहरुले जागीरबाट हात धुनु परेको छ ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected