अमेरिकामा कोभिड -१९ बाट मर्नेको संख्या १ लाख नाघ्यो, न्युयोर्क सबैभन्दा अगाडी

कुमार जंग कार्की
न्युयोर्क, (अमेरिका-)अमेरिकामा काेविड-१९ बाट मर्नेको संख्या आज १ लाख नाघेको छ । कोभिड १९ सम्बन्धि बिश्वब्यापी तथ्यांक प्रदान गरिरहेको वोर्ल्ड मिटर डट इन्फोका अनुसार अमेरिकामा मर्नेको संख्या आज १ लाख नाघेको हो तथापी यो खबरलाइ अमेरिकाको कोभिड १९ सम्बन्धि जानकारी दिने सरकारी निकाय रोग नियन्त्रण तथा रोकथामका केन्द्र (CDC ) ले भने पुष्टि गरिसकेको छैन जहाँ हिजो अर्थात् मे २५ सम्ममा ९७,६६९ जनाको मृत्यु भएको जानकारी गराइएको छ ।
फेब्रुवरी २९ मा अमेरिकाको वासिंगटन राज्य मा कोरोना को कारण पहिलो मृत्यु भएको थियो । अप्रिल ११ मा अमेरिका कोरोनाको कारण सबै भन्दा बढी मानिस मर्ने देश बनेको थियो जतिबेला यहा मर्ने को संख्या २० हजार पुगेको थियो त्यस यता अमेरिका कोभिड १९ का कारण मर्नेको संख्या मा लगातार पहिलो स्थानमा रहदै आएको छ । अप्रिल २४ मा अमेरिकामा अमेरिकामा मर्नेको संख्या ५० हजार नाघेको थियो भने त्यसको करिब एक महिनामा मर्ने को संख्यामा दोब्बर वृद्धि भै आज १ लाख नाघेको हो ।
अमेरिकामापनि कोभिड १९ बाट सबैभन्दा धेरै मानिस मर्ने राज्य न्युयोर्क बनेको छ जहाँ करिब ३० हजार को हाराहारीमा मानिसहरुको मृत्यु भएको छ भने दोस्रोमा न्युयोर्क संगै जोडिएको न्युजर्सी राज्य रहेको छ जहाँ ११ हजार भन्दा बढीको मृत्यु भएको छ भने म्यासाचुसेट्स, मिचिगन र पेन्सिलभेनिया क्रमश तेस्रो चौथो र पाचौ राज्य अन्तर्गत रहेका छन् । यो समाचार तयार पर्दा सम्म अमेरिकामा करिब १७ लाख भन्दा बढीकोसंख्यामा संक्रमित रहेका छन् भने करिब ४ लाख ६८ हजार लाई निकाे भएकाे छ ।