न्युजर्सी (अमेरिका)-बिभिन्न राज्य हरुले स्टे होम ओर्डर हटाए संगै अमेरिकी स्मार्ट फोन कम्पनि एप्पलले कॊरोना महामारीका कारण बन्द भएका करिब १०० भन्दा बढी बिक्रिकेन्द्र हरु यही साता बाट पुन सन्चालनमा ल्याउने योजना बनाएको छ । “यस हप्ता हामी अधिकांस स्थानहरूमा ग्राहकहरूको सेवामा फर्कनेछौं,” कम्पनीले मंगलबार एक विज्ञप्तिमा जनाएको छ । प्राय स्टोरहरुले कर्बसाइड पिकअप , फ्रन्ट स्टोर सेवा साथै अनलाइन पिकअप सुबिधाहरु प्रदान गर्नेछन भने केहि राज्य हरुमा सिमित संख्यामा ग्राहकहरुलाई प्रवेश दिने तयारी एप्पलले गरेको छ ।

स्टोरहरु पुन संचालनमा आए पनि कामदार तथा ग्राहकहरूको लागि मास्क, तापक्रम निरीक्षण, र सामाजिक दूरी लगायतका साबधानी अपनाउन अनिवार्य गरिने बताईएको छ । एप्पलका अमेरिकाभर करिब २७० भन्दा बढी आधिकारिक बिक्रि केन्द्र हरु रहेका छन् । जुन कोरोना महामारी संगै गत मार्च को मध्य देखि बन्द गरिएका थिए जस कारण कम्पनिले ठुलो नोक्सानी ब्येहोर्दै आएको छ । कम्पनिले यस अघिनै आइडाहो र अलाबामा राज्यका केहि बिक्रि केन्द्र हरु भने पुन संचालनमा ल्याइसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected