अमेरिका– अमेरिकामा कोरोनाको महामारीले लाख भन्दा बढीको ज्यान गइसकेको छ । यसैबीच अमेरिकाको मासाचुसेट्स राज्यमा १०३ वर्षीषा बृद्धाले कोरोनासंग लडेर जीत हासिल गरेकी छिन् । स्टेजना नामकी ति महिलाले कोरोनाभाइरसलाई पराजीत गरेकी हुन ।
युएस टुडेका अनुसार कोरोनालाई हराएको खुशीमा ति महिलाले कोल्ड बड लाइट पिएर खुशी मनाएको खबर छ । अस्प्तालका कर्मचारीले उनलाई कोरोनालाई हराएको भन्दै कोल्ड लाइट पिलाए ।
बृद्धाकी आफन्त शेली गनले उनी धेरै बलियो रहेको बताएकी छिन् । उनका अनुसार केही साता अघि उनलाई ज्वरो आएको थियो । त्यस लगत्तै उनमा कोरोनाको टेस्ट गरिएको थियो । उनलाई कोरोनाको संक्रमण नर्सिङ होमबाट भएको थियो । त्यसपछि उनलाई कोरोनाबारे केही पत्ता भएन । लगत्तै उनी विमार परिन । उनको हालत निकै खराब भइसकेको थियो । १३ मे सम्म उनलाई सही अवस्थामा आउन निकै मुस्किल भयो ।
स्टेजनाले आफनो सारा जीव्न मासाचुसेटसमा विताएकी हुन । उनका पति टेडीको १९९२ मा ५४ वर्षको उमेरमा मुत्यु भएको थियो । उनले आफनो सम्पुर्ण जीवन बिंगो खेलाडी तथा रेडियो प्रोडयुसर भएर बिताइन । किताब पढनमा पनि उनी सौखीन छिन् । उनका दुई छोराछोरी रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected