राष्ट्रपति ट्रम्पको ट्वीटर बन्द गर्ने धम्कीलाई ट्वीटरका सिइओले पनि दिए जवाफ
अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्रवीटर विरुद्ध कडा नियम ल्याउने तथा बन्द गर्ने धम्की दिएका थिए । पहिलो ट्वीट पछि अर्को ट्वीटमा उनले ठुलो कार्वाही हुने चेतावनी दिए । राष्ट्रपति डोनाल्ड ट्रम्प एकोहोरो ट्वीटर माथि खनिरहे ।
ट्वीटरका सिइओ पनि आखिर चुप लाग्न सकेनन । सिइओ जैक डोर्सिले अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावमा बाधा अवरोध गर्ने आरोपको खण्डन गरेका छन् । उनले ट्वीट गदै भनेका छन फैक्ट चेकका लागी एउटा कम्पनीका लागी कोही न कोही जिम्मेवार हुन्छ । कृपया फेक्ट चेकको काम हाम्रा कर्मचारीका लागी छाडीदिए हुन्छ उनले भने ।
उनले दुनिया भरको चुनावको बारेमा गलत र विवादित जानकारीको बारेमा निरन्तर भनिरहने बताएका छन् । उनले यो कार्यमा आफुहरुको कुनै गल्ती भए त्यसलाई पनि सहर्ष स्वीकार गर्ने सिइओ डोर्सिले बताए ।
स्मरण रहोस ट्वीटरले अमेरिकी राष्ट्रपतिको दुई ट्वीटमा फेक्ट चेकको चेतावनी दिएको थियो । त्यसपछि नै ट्रम्पले ट्वीटर बन्द गर्ने धम्की दिएका थिए ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...