कुमारजंग कार्की

अमेरिका-स्विस टेनिस खेलाडी रोजर फेडररले गत साता सार्बजनिक २०२० को फोर्ब्सको विश्वकै सबैभन्दा बढी कमाई गर्ने खेलाडीहरूको सूचीमा शीर्ष स्थान हासिल गरेका छन् ।

गत बर्ष सूचिको पाचौ स्थानमा रहेका फेडरर पहिलो पटक शिर्ष स्थान हासिल गर्न सफल भएका हुन् । उनले विश्व प्रसिद्द फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी,र नेमार लाई पछाडी पार्दै यो स्थान हासिल गरेका हुन् । उनीहरु क्रमश दोस्रो , तेस्रो र चौथो स्थान मा छन् भने सूचिको पाँचौ स्थानमा अमेरिकन बास्केटबल खेलाडी लेब्रोंन जेम्स छन् । पछिल्ला १२ महिनाको आय मा आधारित रहेर फोर्ब्स पत्रिकाले सो सुची प्रकासन गरेको हो ।

पत्रिकाका अनुसार फेडररको पछिल्लो १२ महिनाको कुल आम्दानी १०६.३ मिलियन डलर रहेको छ भने उनि पछि रहेका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको आम्दानी १०५ मिलियन रहेको छ । गत बर्ष १२७ मिलियन डलर आम्दानी सहित सूचिको शिर्ष स्थानमा रहेका लियोनेल मेसी यस बर्ष भने १०४ मिलियन डलर सहित तेस्रो स्थान मा झरेका हुन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected