१.

बिरालो आयो –

मुसाहरु दुलोमा

घाँटीमा घन्ट !

२.

चुपचाप छ –

क्रान्तिकारी भनिन्थ्यो

बनको स्याल !

३.

लिम्पियाधुरा –

महाकाली मुहान

सीमा बचाउ

४.

होस गर्नुस  –

जहाँ पनि हुन्छन

लेन्डुप दोर्जे !

५.

बादल आयो –

सूर्य संग अंगालो

फूल मुस्कायो !

६.

पत्योल धुँवा –

छिमेकीको बगैंचा

सरसफाई !

७.

निलो भकुण्डो–

केटाकेटी रमाए

लक डाउन

८.

गोधुली साँझ–

हावा चलिरहेछ

फूलको बास्ना !

९.

चिनिन्छ अव –

को आफ्नो, को उसको

धेरै नखोक!

१०.

भिडियो हेरें –

अनुहार चिनियो

ढाँटछ अझै !

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected