जनावरबाट मान्छेमा कसरी स¥यो कोरोना भाइरस

अमेरिका– कोरोना महामारी रोकथामका लागी यतिबेला वैज्ञानिकहरु भ्याक्सिन बनाउने काम संगै यो भाइरस कसरी उत्पति भयो भन्ने बारेमा पनि पत्ता लगाउने कोसिस गरिरहेका छन् । यो ज्यानमारा भाइरसको उत्पति कहा“बाट भयो ? वैज्ञानिकका अनुसार यो भाइरस आकार बदलेर जनावरबाट मानिसमा सर्ने र संक्रमीत गर्न सक्षम भएको हो । वैज्ञानिकहरुले यो अध्ययनमा कोरोना र जनाबरबाट यस तथ्यको अनुवाशिक विश्लेषण पश्चात नै यो निष्कर्ष निकालेको हो ।
अमेरिकाको टेक्सस स्थित अलपासोमा टेक्सस विश्वविद्यालयका अनुसन्धानका टिम यसमा सामेल भएका थिए । यो अध्ययन साइन्स एडभान्सेसमा प्रकाशित भएको छ । अध्ययनमा सार्स कोव–२ भाइरस मानिसमा संक्रमीत गर्ने क्षमता पैगोलिनलाई संक्रमीत गर्ने कोरोनाको एउटा अहम जीनको उत्तरचढावमा निर्भर रहेको छ ।
यो भाइरस अनुवांशिक गुणमा बदलिएर संक्रमीतहरुको कोशिकामा रहन पुग्छ । यो भाइरसले यस्तो क्षमता राख्छ कि एउटा प्रजातिबाट अर्को प्रजातिमा सजिलै जान सक्छ । वैज्ञानिकहरुका अनुसार यो भाइरसको यस्तो क्षमता छ जसमा यो हरेक कोशिकामा पुग्न सजिलै सक्छ ।
अमेरिकाको ड्युक विश्वविद्यालयकाका अनुसन्धानकर्ता फेंग गाओले सार्स या मर्स जस्तै कोरोना पनि आफनो अनुवांहिक गुणहरु परिवर्तन गर्न सक्षम छ । यही गुणकै कारण मानिसलाई विरामी बनाउन सक्छ । वैज्ञानिकको दाबा अनुसार यो अध्ययनले भविषयमा यो महामारीबाट बच्न सहयोग पुग्ने अपेक्षा राखेका छन् ।