न्युयोर्क – कोरोना महामारीको इपिसेन्टर बनेको अमेरिकाको न्युयोर्क सहर अब चाडै खोल्ने तयारी सुरु भएको छ ।
न्युयोर्कका गर्भनर एन्ड्रयु कुमोले आगामी ८ जुन देखि चरणवद्ध तरिकाले न्युयोर्क सहर खोल्ने बताएका हुन । खुलेपछि झण्डै ४० हजार कर्मचारी काममा फर्किने आशा गरिएको छ ।
कोरोना महामारी फैलिएपछि न्युयोर्क सहर मार्च महिनाको मध्यतिर बन्द गरिएको थियो । कोरोनाले सहर शिथिल बनेको थियो । फेरी सहर खुलेछि वातावरण पहिलाकै जस्तै हुने गर्भनर कुमोले दाबी गरेका छन् ,
अहिलेसम्म न्युयोर्कमा २९ हजार भन्दा बढीको ज्यान गएको छ । संक्रमीत हुनेको संख्या ३ लाख ७३ हजार भन्दा माथि छ । यो दुबै संख्या विश्वकै संख्या हेर्दा अधिक रहेको छ ।
अमेरिकामा कोरोमा महामारी संगै केही राज्यमा बिस्तारै बजार लगायतका सार्वजनिक स्थलहरु खुलेपछि चहपहल सुरु भएको छ ।
मानिसहरु काममा फर्किन थालेका छन् भने सार्वजनिक स्थलामा मानिसहरुको आगमन पनि बढन थालेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected