कुमार जंग कार्की

अमेरिका-सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा पक्राउगर्ने क्रममा गोरा जातिका प्रहरी द्वारा अफ्रिकन अमेरिकन जर्ज फ्लोयडको मृत्यु भए संगै सुरु भएको रंगभेद बिरुद्धको आन्दोलन उत्कर्षमा पुगेको छ । सुक्रबार मात्रै करिब ३० राज्यमा पर्दशन भएका थिए भने केहि राज्य हरुमा हिजो रातभर पर्दशन जारी रह्यो । सोसियल मिडियाहरुमा जर्ज फ्लोयडलाइ पक्राउ गर्दाका भिडियोहरु सार्बजनिक भए पछि पर्दशनले झन् उग्र रुप लिएको छ । सार्बजनिक भिडियो हरुमा उनलाई पक्राउ गर्ने क्रममा प्रहरी अधिकारीले करिब ८ मिनेट सम्म घुडाले घाटीमा थिचेको देख्न सकिन्छ । जसले पर्दशनकारी हरुलाई थप उत्तेजित बनाएको छ । घटना लगत्तै मिनियापोलिस प्रहरी कार्यलयले घटना मा संलग्न प्रहरी अधिकारी हरुलाई निलम्बन गरेको थियो तर पर्दशनकारी तथा उनका परिवार ले उनलाई हत्याको आरोपमा मुद्धा चलाइनु पर्ने माग राखेका थिए । उनीहरुको माग को सुनुवाई गर्दै उनलाई गिरफ्तार गरि हत्या अभियोगमा हिरासत मा राखिए पनि अमेरिका भर पर्दशन जारि छ । घटना भएको सहर मिनियापोलिसमा बिहिबार राति पर्दशनकारीहरुले प्रहरी चौकीहरुमा आगजनी गर्नुका साथै सयौ पसल हरुमा लुटपाट मच्चाएका थिए । हिजो रातभर पनि देशका बिभिन्न भागहरुमा प्रर्दशन जारी रहे । मिनेसोटाको मिनियापोलिस, सेन्ट पउलमा पर्दशनकारी हरुले बिभिन्न स्थानमा आगजनी समेत गरेको खबर छ ।

न्युयोर्क पनि तनाब ग्रस्त
प्रहरी ज्यदतीको बिरोधमा भएका प्रदर्शन पनि तनाब ग्रस्त भएको छ । प्रदर्शकारीहरुले हिजो रातभर पनि न्युयोर्क मा प्रर्दशन जारी राखे । न्युयोर्क प्रहरी का अनुसार पर्दशनकारी ले केहि प्रहरी साधनहरुमा आगजनी गरेका छन् भने प्रहरीले करिब २०० जना पर्दशनकारी हरुलाई गिरफ्तार गरेको छ सो क्रममा केहि प्रहरी समेत घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।

कर्फ्यु तथा सेना परिचालन
पर्दशनले हिंसात्मक रुप लिदै जादा मिनेसोटा राज्यको मिनियापोलिस तथा सेन्ट पउल क्षेत्र वरिपरि आइतबार सम्मलाई कर्फ्यु आदेश जारी गरिएको छ भने उक्त्त क्षेत्र मा पर्दशनलाई नियन्त्रणमा  लिन र थप क्षति हुन नदिन सेना परिचालन गरिएको छ । त्यस्तै केन्टकी राज्य को लुइभिल क्षेत्रमा पनि सेना परिचालन गर्न लागिएको केन्टकी राज्यक गभर्नर एन्डी बेशयर ले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected