अमेरिकामा दंगात्मक प्रर्दशनले फेरी कोरोनाभाईरसकाे नया संक्रमण फैलिने खतरा बढ्दो

अमेरिका– अमेरिकाकमो मिनियापोलिसमा अश्वेत अमेरिकन जर्ज फलोइडको मुत्यु भएपछि यहा“का अधिकांश राज्यमा दंगात्मक प्रदर्शनहरु भइरहेका छन् र
प्रहरीले पक्राउ गरेर घाटीमा थिचेपछि उनको प्रहरी नियन्त्रणमा मुत्युभएपछि यहा“का अश्वेत अमेरिकनहरु प्रदर्शनमा उर्तिएका हुन । यो प्रदर्शनमा मानिसहरुको भीड बढ्दै गएपछि विश्लेषकहरुले फेरी अमेरिकामा कोरोनाभाइरसको नया संक्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
एटलान्टाका मेयरले प्रदर्शनमा उर्तिएका प्रदर्शनकारीलाई कोविड–१९ को जा“च गर्न आग्रह गरेका छन् । अहिले सम्म कोरोना भाइरस संक्रमणको कुनै औषधी तयार भएको छैन । विश्व स्वास्थ्य संगठनले पनि सामाजिक दुरी नै यसको संक्रमणबाट बच्ने एक मात्र विकल्प भएको बताइरहेका बेला अमेरिकामा दिनहु“ भइरहेको प्रदर्शनले सामाजिक दुरीलाई ख्याल गरेका छैनन । यसले झनै कोरोना संक्रमण बढने सक्ने खतरा बढेको छ । फेरी संक्रमण फैलियो भने अहिलेसम्मको अमेरिकी सरकारको प्रयास बालुवामा पानी हाले सरी हुने विश्लेषण गरिएको छ ।
विना मास्क तथा सामाजिक दुरीलाई समेत वेबास्ता गदै दिनहु“ ठुलो संख्यामा प्रदर्शनमा भइरहेको भीडभाडले स्वास्थ्य विशेषज्ञहरुले पनि चिन्ता जाहेर गरेका छन् । उनिहरुले यसले कोरोना महामारी फेरि फैलिने सक्ने बताएका छन । पछिल्लो समय अमेरिकामा कोरोना संक्रमणको संख्या केही घट्दो क्रममा पुगेपछि अर्थतन्त्र खोल्ने तयारी भइरहेको छ । तर अहिले भइरहेको प्रदर्शनले अर्को चुनौती थपिएको छ ।
यस्तो अवस्था अमेरिकामा मात्र नभई हंङकङ संगै अन्य देशहरुमा पनि यस्ता केही प्रर्दशनहरु भइरहेका छन् । जसले कोरोना संक्रमणको अवस्थालाई झनै बढवा दिएको छ । स्वास्थय विशेषज्ञहरुले यस किसिमको विरोध प्रदर्शनको ¥यालीले विना लक्षण् भएका मासिनहरुले दोस्रो व्यक्तिहरुमा संक्रमण फैलाउन सक्ने खतरा बढेको बताएका छन् ।