अमेरिकामा झनै भडकियो हिंसा , कयौ राज्यमा कर्फ्यू
अमेरिका– अमेरिकाको मिनियापोलिसमा अश्वेत अमेरिकन जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मुत्यु भएपछि यतिबेला यहाँहिंसा भडकिएको छ । अमेरिकामा कयौ राज्यमा हिंसातक प्रदर्शन आगजनी र तोडफोड भएको छ । हिंसाको क्रममा एक जनाको ज्यान गएको छ ।समाचार स्रोतका अनुसार हिंसा भडकेपछि अमेरिकाका २५ राज्यमाक कफ्यू छ ।
छ । वाइटहाउस आसपासमा समेत आगजनी गरिएको छ । पछिल्लो रिपोर्ट अनुसार बिरोध प्रदर्शनका क्रममा २ हजार भन्दा बढीलाई प्रहरीले गिरफतार गरेको छ । इन्डियानापोलिसमा र्भएको प्रदर्शनमा एक जनाको ज्यान गएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । मिनियापोलिस मा प्रहरी तथा सेना परिचालन गरिएको छ । कयौ ठाउ“मा प्रहरीले हिंसा नियन्त्रण गर्न रबरको गोली समेत चलाएको छ ।
फिलाडेल्फियामा भएको उग्र प्रर्दशनमा १३ भन्दा बढी प्रहरी अधिकारी घाईते भएका छन् । न्युयोर्कमा प्रदर्शनकारीले कयौ प्रहरीको बहानमा आगो लगाईदिएका छन् ।
हिंसा भडकाउन खोज्नेलाई प्रहरीले सडकमा हटाएर केहीलाई गिरफतार गरेको छ ।
वाइट हाउसको बाहिर नेशनल गार्ड तैनाथ गरिएको छ । साल्ट लेक सिटीमा प्रर्दशनकारीले कर्फुयुको उल्लघन गरेका छन् । लस एन्जल्समा पनि प्रदर्शन भडकेपछि प्रहरीले रबरकोगोली हान्नुका साथै लाठी चार्ज गरेको छ।
अमेरिकाको एटलान्टा, लस एन्जल्स, लुइसबिल, केन्टकी, डेनेभर, ओरेगन, टेक्सस लगायतका राज्यमा प्रदर्शनहरु भइरहेको छ । धेरै राज्यमा कफ्र्युका बाबजुत पनि हिंसात्मक घटनाहरु बढीरहेको छ ।
दुई दिन यता प्रदर्शनले उग्र रुप लिएपछि स्थिति नियन्त्रणका लागी अमेरिकाका केही राज्यमा नेशनल गार्डलाई खटाइएको छ ।
प्रदर्शनकारीको निसानामा मिडियाकर्मि पनि
अमेरिकामा भइरहेको हिंसात्मक प्रदर्शनमाका क्रममा यहा“का प्रमुख मिडिया हाउस र मिडियाकर्मि पनि प्रदर्शनकारीको निशानामा परेका छन् । प्रदर्शनकारीले वाइट हाउस बारिह फक्स न्युजका संवाददाता लेलैंट विटरेटलाई आक्रमण गरे । उनले मिडिया हाउसका कारण हमला गरिएको बताएका छन् । शनिवार कोलम्बियामा एक टिभी पत्रकारलाई पनि इटा प्रहार गरिएको थियो । त्यसै गरी मिनियापोलिसमा एक पत्रकारलाइृ रबरको गोली समेत लागेको थियो । पीटसर्वमा पनि एक टिभी क्यामेरोमनेलाई कुटिएको छ ।
के थियो घटना र कसरी लियो हिंसात्मक प्रदर्शनको रुप
मिनियापोलिसमा यसै साता हिंसा भडकन सुरु भएको थियो । एउटा राज्यमा सिमित हिसांत्मक प्रदर्शन अहिले अमेरिकाका अन्य राज्यमा पनि भुसोको आगो झै फैलिन पुगेको छ । एउटा भिडियोमा प्रहरीले आठ मिनेट भन्दा बढी समय घुडाले घाटीमा थिचिरहेको देखिन्छ । पछि अश्वेत अमेरिकन जर्ज फ्लोइड नामका व्यक्तिको मुत्यु हुन पुग्छ । अहिले उनको मुत्युको विषयलाई लिएर अमेरिकामा अश्वेतहरु बढी मात्रमा प्रदर्शनमा उर्तिएका छन् । अश्वेत जर्ज फ्लाएडले एउटा पसलमा नक्कली बिलको प्रयोग गरे आंशकामा उनलाई गिरफतार गरिएको थियो ।
तस्वीर एजेन्सी