टेक्सस– प्रवासी नेपाली बालबालिकालाई नेपाली भाषा र नैतिक शिक्षा बारे आधारभुत ज्ञान दिलाउने उद्देश्यले गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिका नेपाली पाठशाला टास्कफोर्स कमिटीले गृहकार्य थालेको छ ।
टास्कफोर्स कमिटीले नेपाली भाषा र नैतिक शिक्षाको पुस्तक प्रकाशन गर्ने कार्यलाई युद्धस्तरमा अगाडी बढाएको हो ।
नेपाली छाडेर विभिन्न सिलसिलामा प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपालको सांस्कृतिक भौगोलिक तथा एतिहासिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले पाठक्रम तयार पार्ने कामलाई अगाडी बढाइएको कमिटीका अध्यक्ष सन्तोष विष्टले जानकारी दिए । ‘हामीले धेरै पहिला देखि नै यो कार्यलाई अगाडी बढाउन गृहकार्य गदै आएका थियौ’ अध्यक्ष विष्टले भने–‘अब यसलाई मुर्त रुप दिन हामी अगाडी बढेका छौ ।’
विष्टको अध्यक्षतामा पाठशाला टास्कफोर्स कमिटीको कन्फरेन्स बैठकमा नेपाली भाषा तथा नैतिक शिक्षाको पाठयक्रम ढा“चा र पाठशाला संचालनको निर्देशिका तयार पार्ने विषयमा छलफल भएको छ ।
बैठकमा भोजबहादुर बलायर, डा चुडामणि खनाल, हरि जोशी, विष्णु खरेल, लक्ष्मी बराल, मित्र धिताल, डा मुक्ति धिताल, शिव मल्ल, नारायण खनाल सहभागी थिए । उनिहरुले पुस्तक प्रकाशन गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउने बैठकमा सहमति गरेका छन् । बैठकले क्यालिफोर्नियाका नारायण खनाललाई टास्कफोर्स कमिटीको सदस्य सचिवको जिम्मा दिइएको छ ।

कार्यक्रममा एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्याल, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले एनआरएनए टेक्सस च्याप्टरले प्रकाशनमा ल्याएको नेपाली भाषा र नेपाली नैतिक ज्ञानदर्शनका आधारभुत तहका पुस्तकहरुको बारेमा बैठकमा जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected