अमेरिका– कोरोना महामारी बीच अमेरिका र चीन बीच जारी तनाव झनै बल्झिएर गएको छ ।
कोरोना महामारी सगैको तनाव अहिले आएर यी दुबै देश बीच जारी व्यापार र यात्रामा पनि बढेर गएको हो । ट्रम्प प्रशासनले एउटा कडा कदम उठाउदै चाइना एयरलाइन्सलाई अमेरिका आउन प्रतिबन्ध लगाएको छ ।
अमेरिकाको नागरिक उड्ययन कार्यालयका अनुसार आउदो जुन १६
देखि अमेरिकमा आउने चाइनाका चार एयरलाइन्सलाई अमेरिका आउनका लागी बन्द गर्नेछ । अमेरिकाको यो निर्णयले चीनसंग जारी तनाव झनै बढने देखिएको छ । अमेरिकाकाले यो फैसलाको जिम्मेवार चीनलाई बनाएको छ ।
अमेरिकाले एयर चाइना, चाइना ईष्ट एयरलायन्स, चाइना दक्षिण एयरलाइन्स र हैनन एयरलाइन्स रहेका छन् ।
राष्ट्रपति ट्रम्पले यो जुन १६ अघि नै यो निर्देशिका लागु गर्न सक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्प अमेरिकामा फैलिएको कोरोना भाइरसको जिम्मेवारी चीन रहेको आरोप लगाउदै आएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...