अश्वेत अमेरिकनको हत्या अभियुक्त पति डिभोर्स दिने को हुन त केल्ली

अमेरिका– अमेरिकाको मिनियापोलिसमा २५ मे मा अश्वेत नागरिक जर्ज फ्लोयड प्रहरी नियन्त्रणमा मारिएपछि यहा“ हिंसात्मक प्रदर्शन जारी गरहेको छ । यतिबेला अश्वेत नागरिक फ्लोयडको मुत्युपछि हत्याको अभियोगमा पक्राउ परेका निर्वतमान प्रहरी अधिकारी डेरेक चाउवीन की पत्नी यतिबेला चर्चामा आएका छिन् ।
सिएनएनका अनुसार जर्ज फ्लोयडको मुत्युपछि हत्यामा संलग्न भएका प्रहरी डेरेक चाउवीनकी पत्नी केल्ली चाउवीनले त्यसको तीन दिनपछि पति संग सम्बन्धविच्छेदको अपिल गरेकी थिइन । तर उनले मिडियामा कुनै प्रतिकृया दिएकी थिइन । वकील कार्यालयबाट पत्ता चल्यो उनी जर्ज फ्लोयडको हत्याबाट ज्यादै दुखी भएकी रहिछिन् । उनले पति संग सम्बन्धबिच्छेद बाहेक आफुलाई अरु केही नचाहिने बताएकी थिइन । उनले जर्ज फ्लोयडको मुत्युले आफुलाई दुखित बनाएकाले पतिको हर्कतले घृणा जागेको उल्लेख गरेकी छिन् । उनको समर्थन जर्जको परिवार, शुभचिन्तक र जो यो त्रासदीबाट दुखी छन् ।

को हुन केल्ली चाउवीन

केल्ली चाउवीन शरणार्थी बनेर अमेरिका भित्रिएकी थिइन । केल्लीको परिवार लाओसका थिए । उनको जन्म लाओसमा १९७४ मा भएको थियो । उनको देश वर्षोसम्म द्धन्द्धले ग्रस्त बनेपछि उनको परिवार थाइल्यान्ड पुगेका थिए । उनी तीन वर्षसम्म थाइल्यान्डको शरणार्थी शिविरमा बस्न थालिन । तीन वर्ष त्यहा“ बसेपछि उनी परिवार सहित अमेरिका आइपुगिन । अमेरिका आएर शिक्षा हासिल गरिन । रेडियोलोजीको प्रशिक्षण लिइन । उनी पेशाले रेडियोलोजिस्ट हुन । केल्ली २०१८ मा मिस मिनिसोटा बनेकी थिइन । उनको पहिलो विवाहबाट दुई सन्तान छन् । अहिलेको विवाहमा कुनै सन्तान छैनन । उनी शरणार्थी महिलाहरुका लागी पनि काम गर्छिन ।
डेरेक चाउवीनसंग उनको विवाह २०१० मा भएको थियो । उनी एउटा मेडिकल सेन्टरमा डेरेक संग पहिलो भेट गरेकी थिइन । जहा“ उनी काम गदै आएकी थिइन । जहा“ जेल जानु भन्दा अगाडी आरोपीलाई स्वास्थ्य जा“चका लागी उक्त मेडिकल सेन्टरमा ल्याउने गरिन्थ्यो । त्यहा डेरेक आरोपीलाई जा“चका लागी ल्याउने गर्थे । विवाह भएको दस वर्षपछि उनले पति संग सम्बन्धबिच्छेलका लागी मुद्धा दायर गरेकी छिन् ।
एक रिपोर्ट अनुसार केल्लीका पति डेरेक चाउवीनको प्रहरी सेवामा रहदा शकांस्पद गतिविध गरेको इतिहास रहेको छ। प्रहरी सेवाको २० वर्षको इतिहासमा उनी विरुद्ध १७ अलग–अलग आरोपहरुको दर्ता भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected