प्रहरी नियन्त्रणमा मारिएका जर्ज फ्लोयड कोरोना संक्रमीत भइसकेका थिए

अमेरिका– प्रहरी निण्यन्त्रणमा मारिएका अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोयडका कारण यतिबेला अमेरिकामा हिसां बढेर गएको छ । सबैको ध्यान अहिले कोरोना महामारी भन्दा यतातिर केन्द्रित हुन पुगेको छ ।
यसै बीच प्रहरी नियन्त्रणमा मारिएका जर्ज फ्लोयडको बुधबार पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टमामा जर्ज फ्लोयड पहिल्यै कोविड–१९ बाट संक्रमीत भइसकेका थिए ।े हेनपिन काउन्टीका चिकित्सक परीक्षक कार्यालयले परिवारको अनुमति पछि २० पानाको रिपोर्ट सार्वजनिक गरेको हो ।
मानवअधिकारको एक रिपोर्ट अनुसार फ्लोयड गत अप्रिल ३ मा कोरोनाको लक्षण भेटिएको थियो । पोस्टमार्टम गर्ने डाक्टर माइकल बेडेन र एलिशिया बिल्सन का अनुसार गर्दन र शरीरमा दबाबका कारण उनको मुत्यु सास फेर्न मुस्किल भएपछि भएको हो । प्रहरीले घु“डाले फ्लोयडको गर्दन दबाई राखेपछि मस्तिषकमा रक्तसंचार हुन पाएन । पिठ्युमा बोझ भएपछि उनलाई सास लिन मुस्किल भयो ।
मेडिकल रिपोर्ट अनुसार जर्ज फ्लोयडको मुत्यु गर्दनमा परेको दबाबले दिलको धडकन अचानक रोकिएपछि भएको हो । रिपोर्टमा प्रहरीले धेरै समयसम्म गला दबाएपछि जर्जलाई हदयमा असर प¥यो ।
रिपोर्टमा अन्य कारणमा फ्लोयडको ह्दय रोग, उच्च रक्तचाप,फेंटानिल नामक नशाको प्रयोग र हाल उनले मेथामफेटामाइल प्रयोग गरेको पाइएको छ ।