जर्ज फ्लोयडको हत्यामा सहयोगी बनेका तीन प्रहरीलाई पनि हत्य अभियोगमा मुद्धा चलाइयो
अमेरिका–अश्वेत अमेरिकन जर्ज फलोयडको हत्या अभियोगमा थप तीन जना प्रहरी अधिकारीहरुलाई पनि पक्राउ गरिएको छ ।
उनिहरु तीनै जनालाई हत्यामा सहयोग गरेको भन्दै दोस्रो डिग्रीको हत्या अभियोगमा मुद्धा चलाइएको छ ।
मिनिसोटा अटर्नी जनरल किथ एलिसनले जर्ज फ्लोयड र उनको परिवारलाई राहत दिन यो न्यायको हितमा हुनेछ भन्ने आशा लिएको बताए । मुख्य ओरोपी डेरेक चाउवीन यस अघि नै पक्राउ परिसकेका थिए । उनको हत्या सहयोगीको रुपमा जे एलेक्जेन्डर, तो थायो र थोमस लेनलाई बुधबार पक्राउ गरि मुद्धा चलाइएको हो ।
जनप्रर्दशनले उग्र रुप लिएपछि अमेरिकी सरकारले थप तीन जनालाई प्रहरीलाई पनि पक्राउ गरि मुद्धा चलाएको हो । पछिल्लो समय अमेरिकामा प्रदर्शनकारीले फस्ट डिग्रीको मुद्धा चलाउनु पर्ने माग गरेका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...