कुमार जंग कार्की

न्युजर्सी-न्यु जर्सी राज्यमा केहि दिन यता कोरोना संक्रमित को संख्या लगातार घट्दो क्रममा छ । न्यु जर्सी राज्य का गभर्नर फिल मर्फी ले आज प्रेस सम्मेलन मा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिने नया संक्रमितको संख्या ६०३ रहेको छ भने यो संख्या हिजो ६५२ रहेको थियो । त्यस्तै यो साता सोमबार सो संख्या ५०९ मा झरेको थियो । यसरी लगातार रुपमा नया संक्रमितको संख्या घट्दै गए पनि सो अनुपातमा मर्नेको संख्या भने कम भएको देखिदैन । मर्फी का अनुसार आज थपिएका मृतक को संख्या ९२ रहेको छ । हिजो सो संख्या ११२ रहेको थियो । न्युजर्सीमा आज सम्म जम्मा संक्रमित को संख्या १,६२,५३० पुगेको छ भने मर्नेको संख्या ११,९७० रहेको छ । समचार तयार पार्दा सम्म न्युजर्सी अमेरिकामा कोरोना बाट सबै भन्दा बढी प्रभावित राज्य हरु मध्ये न्युयोर्क पछि दोस्रो नम्बरमा नै कायम छ ।

यसै बीच बिगत लामो समय देखि बन्द रहेका राज्यका बार हरु लाइ जुन १५ देखि पुन संचालन गर्न अनुमति दिईएको छ । साथै सोहि दिन देखि होम डेलिभरि तथा कर्ब साइड पिक अप सेवा मात्र प्रदान गरिरहेका अन्य पसल तथा रेस्टुरेन्ट हरु ग्राहक हरुका लागि पनि खोलिने भएको छ तर बार तथा रेस्टुरेन्टहरुले भने ग्राहक हरुका लागि पसल बाहिर ६ फिट दुरी कायम गरि बस्ने ब्यबस्था मिलाउन भनिएको छ भने पसल हरुले एक पटक मा आफ्नो कुल क्षमताको आधा मात्र ग्राहक हरुलाई प्रवेश दिनु पर्ने छ भने अन्य सामजिक दुरी लगाएतका साबधानीहरु सबैलाइ अपनाउन अनिबार्य गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected