न्युजर्सि-अमेरिकाको मिनोसोटा राज्यको मिनेयापोलिसमा पुलिसले पक्राउ गर्ने क्रममा प्रहरी नियेंत्रणमा मारिएका जर्ज फ्लोयडको समर्थन तथा अमेरिकामा छेडीएको रंगभेद बिरुद्धको आन्दोलनमा एकेबद्दता जनाउदै विश्वका बिभिन्न सहर हरुमा पर्दशन भएका खबर हरु आएका छन् । उनको समर्थनमा गत सप्ताहन्तमा मानिसहरुले लन्डन, बर्लिन, टोरन्टोमा लगायतका सहरहरुमा त्यस्ता पर्दशन हरु गरेका हुन् । लन्डनमा पर्दशनकारी हरुले अमेरिकी दुताबास आगाडी केहि बेर ट्राफिक अवरुद्ध समेत पारेका थिए । जर्मनको बर्लिन सहरमापनि मानिसहरुले अमेरिकी दुताबाश अगाडी पर्दशन गरेका थिए भने क्यानडाको टोरन्टो सहरमा करिब ४ हजार भन्दा बढी मानिस हरु जम्मा भएर पर्दशन गरेका थिए । त्यस्तै यसै साता फ्रान्स को पेरिस , डेनमार्क को कोपेनहेगन , मेक्सिको को मेक्सिको सिटि , ब्राजिल , अस्ट्रेलिया , पोल्याण्ड , न्युजील्याण्ड लगायतका देश हरुमा पनि पर्दशन भएका थिए । अधिकांस देश हरुमा अमेरिकी दुताबाश अगाडी पर्दशन गरिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected