पहिलो पल्ट
साथीले भन्यो उसले तलाई प्रेम गर्छे
मैले नसुनेकोझैँ गरे
मैले प्रेम शब्दलाई ख्यालठट्टा सम्झिए
मैले बुझेको छु
उसले मबाट केहि पक्कै चाहन्थिन
उनि माहिर थिइन
पटकपिच्छे बहाना बनाई कुरा गर्न
साथीले सम्झाउथ्यो
प्रेम गर उसलाई नत्र पछुताउलास् नि

दोस्रो पल्ट
उसले समय मागिन भूगोल पार्कमा
दिउँसो दुई बजे
म पुगेको थिए उसको इच्छा बमोजिम
हड्बडाएर
उसले भनि म माया गर्छु हजुरलाई
म हाँसीदिए
उसले दिएको गुलाफ फूल कुल्चेर
उनि फनक्कै घुमिन्
अनि भकानिदै निस्किन ढोका खोलेर

अन्तिम पल्ट
एक्कासी उसको यादले पिरोल्न थाल्यो
सम्झिए साथीको कुरा
पछुताउदै खोजि गर्न थाले जँहात्यहिँ
साथीले भन्यो
त्यसै दिनदेखि उ कलेज आउन छोडि
घर गए भेट्न
मैले मेरो प्रेम घुमाइ सकेको थिए
भक्कानिदै रोए म
किनकि उसको इन्गेजमेन्ट भैसकेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected