अमेरिका– फेसबुकले श्वेतलाई सर्वेश्रेष्ठ मान्ने समुहसंग सम्बन्धी रहेर अकाउन्ट बनाएर घृणा फैलाउने २ सय अकाउन्ट हटाइ दिएको छ ।
यी समुहले अश्वेतहरुको हत्यालाई लिएर विरोध प्रदर्शनमा सहभागि हुन प्रोत्साहन गरेर हिंसा भडकाउन खोजेकाले हटार्ईएको हो । उनिहरुले कतै हतियार बोकेर प्रदर्शनमा सहभागी हुन समेत आव्हान गरेर हिंसा भडकाउन खोजेको बताइन्छ ।
फेसबुक र इस्ट्राग्रामबाट खोलिएका अकाउन्टले समाजमा हिंसा भडकाउन ‘प्राउड ब्याय’ र ‘अमेरिकन गार्ड’ नामक समुह यसमा लागेका थिए । त्यसो त यो दुबै समुह यस अघि नै सामाजिक संंजालमा प्रतिबन्धित थिए ।
मिनियापोलिसमा जर्ज फ्लोयडको मुत्युपछि भडकिएको हिंसामा लाभ लिन कोसिस गरेका यी अकाउन्ट माथि अधिकारीहरुले पहिल्यै देखि निगरानी सुरु गरेका थिए ।
फेसबुक काउन्टरटेरेरिज्म तथा डेन्जरस अगनाईजेसन पोलिसीका निर्देशक ब्रियान फिसमेनले भने– ‘हामीले देख्यौ कि यो समुक प्रदर्शनमा जानका लागी समर्थक तथा सदस्यलाई जुटाउने योजना बनाइरहेका थिए । केही घटनामा उनिहरु हतियार सहित जानका लागी वकालत गरिरहेका थिए ।’ अकाउन्ट युजरको बारेमा भने केही विवरण दिइएको छैन । प्रदर्शनलाई लिएर उनिहरुको योजना के थियो र अमेरिकामा कहा“ रहदै आएका छन भन्ने बारेमा खुलाइएको छैन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...