मिली बस्नु घर भित्रै एकजुट बनीकन

छिमेकी होस वा साथी नखोली भित्री मन।

गर्छौं झगडा लड्छौं भित्रै बुद्धिको दोहन सक्छौं

कसरी आमा लुटिएको हेरी चुप रहन।

भरोसा नगर्नु कहिल्यै आत्मनिर्भर बनी रहनु जन
दाङका डुडुवा क्षेत्र सीमांकन गर्दाको हेर नक्सांकन।

सम्झौता त्यो बाँके,बर्दिया,कैलाली र कञ्चनपुर झन
हेर लिम्पियाधुरा बासिले बाली बुझाएका छन।

निस्कियो पथमा सिंहले ठूलो गरेर गर्जन
उत्तम बुद्धि लगाइ खरायोले इनारमा दिएन फर्कन।

लालिमा चढ्दा प्रभाती किरण पूर्णिमाको जुन
नक्सा हेरी जारी गरेको भारतले नदिई उम्कन।

ताजै छ रगत माटोमा अझै ती वीर योद्धा पाएनन् रहन
मान्दैन आत्माले अर्पण गर्न भूमि अन्याय सदैव सहन।

परिश्रम बेची बाँच्नकै लागि नझुकिकन बचाई स्वाभिमान
सहन्नौँ कत्ति आमाको खुट्टा काटेर गरेको बदनाम।

पेट भरी खाइ जेछ त्यहीँ आफ्नो लगाउनेछौं ऊन
नारीले नि बस्दैनौँ चुप परेमा आमा बगाउँने छौँ खुन।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected