अमेरिका– अमेरिकाले प्रत्येक वर्ष खुलाउदै आएको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ ।
अघिल्लो वर्ष भरेको डिभीको नजिता सार्वजनिक भएको हो । नेपाली स्थित अमेरिकी दुताबासले २०२१ का लागी अमेरिका जाने इडिभीको नतिजा सार्वजनिक भएको जनाएको छ ।
काठमान्डौको समय अनुसार शनिवार राती ९.४५ बजे खोलिएको हो । त्यस्तै अमेरिकाको न्युयोर्क समय अनुसार जुन ६ गते १२ बजे डिभीको नतिजा खुलाएको हो ।
डिभी नतिजा हेर्न ⇐https://dvprogram.state.gov/मा गएर आवेदन दिदाको कन्फर्मेसन नम्बर हानेर हेर्न सकिनेछ ।
ब्युरो अफ काउन्सुलर अफेयर्सको वेभसाइटमा गए आफनो नाम र कन्फर्मेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ । आफनो नाम थर, जन्ममिति र कन्फर्मेसन नम्बर राखेर नतिजा हेर्नुपर्छ । नतिजा निशुल्क हेर्न सकिन्छ ।
अमेरिकाको सपना देख्दै हरेक वर्ष डिभीका लागी झण्डै दुई करोडले अनलाइन मार्फत आवदेन दिने गरेका छन् । डिभी परेर लाखौ प्रत्येक वर्ष अमेरिका भित्रिने गरेका छन् ।
ग्रिनकार्ड लटरीको नामबाट चिनिने यो कार्यक्रम मार्फत अमेरिकाले प्रत्येक वर्ष ५० हजार आप्रवासीलाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...