अमेरिकाको टेक्सस राज्यको ह्युस्टन सहरमा अघिल्लो साता मारिएका भारतीय मुलका प्रहरी अधिकारी सन्दिप धानीवालको अन्तिम संस्कार गरिएको छ ।
एनको अन्तिम संस्कारमा ह्युस्टन सहर पुरै उर्लिएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । उनको अन्तिम संस्कारमा भारतीय , अमेरिकन तथा पुलिस अधिकारीहरु सहित हजारौको भीड लागेको थियो । अघिल्लो साता ड्युटीमै रहेका बेला ४२ वषीय धानीवालको एक बन्दुक धारीको आक्रमणबाट मुत्यु भएको थियो । ट्राफिक नियम विपरीत कार चलाउने रर्बट सलिस नामका सन्दिगधलाई रोक्ने क्रममा उनी माथि गोली प्रहार भएको थियो । प्रहरीले उसलाई पक्राउ गरि मुद्धा समेत चलाइसकेको छ । नर्थ हेरिस काउन्टीका सेरिफ डेपुटी ४२ वर्षीय धानीवालको सम्मानमा २१ तोपको सलामी समेत दिइयो । ऊक्त कार्यक्रममा धेरैका आ“खा रसाएका थिए ।
२०१५ मा पुलिस सेवामा राम्रो काम गरेपछि अर्वाड पाएका अमेरिकन पुलिस फोर्समा राम्रो छवि बनाएकै कारण धानीवाललाई दाह्ी पाल्न र शिरमा फेता राख्न समेत जागीरमा इजाजत दिइएको थियो । शिख समुदायबाट अमेरिकन पुलिस फोर्सको डेपुटि पदमा पुग्ने उनी पहिलो हुन । उनी दस वर्षदेखि अमेरिकन पुलिस फोर्समा कार्यरत थिए । तीन छोराछोरीका बाबु धानीवाललाई ह्युस्टन सबैले हिरोको रुपमा मान्दै आएका थिए ।

तस्वीर -एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected