कुमारजंग कार्की 

अमेरिका-करिब ८,५०० मा संक्रमण पुष्टि भए संगै मार्च २० गते बिहान घोषणा गरि मार्च २२ गते आइतबार बेलुका ८ बजे देखि न्यु योर्क राज्य भर लागु गरिएको स्टे होमे ओर्डरका कारण सुस्ताएको न्युयोर्क सहर भोलि अर्थात जुन ८ देखि पुन जाग्ने भएको छ । पहिलो चरणमा भोलि देखि लागु हुने गरि न्युयोर्क सहरका , कपडा पसलहरु , इलेक्ट्रोनिक्स तथा उपकरण पसल हरु , शपिंग सेन्टर , फर्निचर स्टोरहरू , फूल ब्यबशाय , व्यक्तिगत केयर स्टोर , गहना पसल लगाएत अन्य विविध खुद्रा तथा थोक पसलहरु पनि पुन संचालन मा आउने भएका छन् । यसका साथै बन्द रहेका सम्पूर्ण निर्माण उद्योग तथा उत्पादन व्यवसायहरू पनि पुन खुल्ने भएका छन् । खुद्रा तथा थोक पसलहरुले कर्बसाइड र इन स्टोर पिक-अप सेवा मात्र सुचारु गर्न सक्नेछन भने । निर्माण उद्योग तथा उत्पादन व्यवसायहरुले अत्याबश्यक सुरक्षा सुविधाहरूको साथ पुनः संचालन गर्न अनुमति प्रदान गरिएको छ । यो संगै पहिलो चरणमा करिब ४ लाख मानिस हरु आ आफ्नो रोजगार मा फर्किने अपेक्षा गरिएको छ ।

यसैको पुर्ब सन्ध्यामा, मे २५ गते अमेरिकाको मिनोसोटा राज्यको मिनेयापोलिसमा पुलिसले पक्राउ गर्ने क्रममा प्रहरी नियेंत्रणमा ४६ बर्षिय अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भए पछि सुरु भएको आन्दोलनका कारण न्यु योर्क सहरमा प्रत्येक रात लगाइएको कर्फ्यु पनि हटाइएको न्युयोर्क सहरका मेयर डे ब्लासियो ले आज बिहान जानकारी दिएका छन् ।

पहिलो चरणमा भिभिन्न ब्यबसाय खुले संगै बढ्ने यात्रुहरुको चाप लाई ध्यान मा राख्दै महानगरीय यातायात अथोरिटीले पनि आफ्नो तयारी थालेको छ । यात्रु हरुका लागि सामाजिक दुरी को नया निर्देशिका सहित, सबै सब वे हरुमा स्यानीटाइजर तथा फेस मास्कको उपलब्धता आदि बारे तयारी थालिएको अधिकारी हरुले बताएका छन् ।

कुनै बेला न्युयोर्क सहर कोरोनाको इपिसेंटर नै बनेको थियो । न्युयोर्क सहरमा मात्रै हाल सम्म २,०५,००० जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने २२,००० भन्दा बढीले सो को कारण ज्यान गुमाई सकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected