३० देखि ४० वर्ष उमेर समुहका कोरोना संक्रमीतमा बढ्दो मस्तिष्कघात–अध्ययन

३० देखि ४० वर्ष उमेर समुहका कोरोना संक्रमीतमा बढ्दो मस्तिष्कघात–अध्ययन
अमेरिका– कोरोनाको महामारीको बढ्दो चिन्ता संगै यसको अध्ययन र अनुसन्धानमा पनि शोधकर्ताहरु लागीपरेका छन् । यस्तै पछिल्लो समय एउटा अध्ययन बाहिर आएको छ । कोरोनाभाइरसका कारण स्वास्थ्य युवाहरुमा पनि मस्तिष्कघातको खतरा बढेर गएको छ । अमेरिकाको थोम्स जेफरसन विश्पविद्यालयका वैज्ञानिकहरुले यो शोध गरेका हुन । यो शोध साइन्स डेलीमा पनि प्रकाशित भएको छ ।
शोधमा ३० देखि ४० वर्ष समुहका कोरोना संक्रमीत भएका युवामा गंभीर खालको मस्तिष्कघातक भइरहेको छ । शोधकर्ताका अनुसार कोरोना संक्रमीत हुनु पहिला युवाहरुमा यस प्रकारको गंभीर मस्तिष्कघातको कुनै लक्षण समेत नभएको बताईन्छ ।
शोधकर्ताल्े २० मार्च देखि अप्रिल १० सम्म यसमा अध्ययन गरेर यो तथ्य बाहिर ल्याएको हो । यसका लागी १४ जना संक्रमीत व्यक्तिमा अध्ययन गरिएको थियो । उनिहरुमा कोरोना लक्षण हुने बितिक्कै मस्तिष्कघातको लक्षण देखिन थालेको थियो । आठ जना पुरुष र ६ महिलामा यो शोध गरिएको थियो । यिनिहरु मध्ये सात जनालाई आफु कोरोना संक्रमीत भएको समेत थाहा थिएन ।
शोधकर्ताका अनुसार सबै बिरामी उपचारका लागी अलग अलग अस्पतालमा भर्ना भएका थिए । शोधका अनुसार यस्तो प्रकारको घात युवाहरुको मस्तिष्कमा गभीर रुपमा परेको देखियो । यसले झनै कोरोना संक्रमीतको ज्यानको खतरा पनि बढेर गएको शोधकर्ताहरुले बताएका छन् ।