कुमार जंग कार्की
न्युजर्सी (अमेरिका)-अमेरिकाको न्युजर्सी राज्यमा कोरोनाको महामारी संगै गत मार्च २१ देखि जारी स्टे होम अर्डर अर्थात् लक डाउन आज देखि हटाईएको छ । आज आयोजित दैनिक प्रेस ब्रिफिंगमा न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले सो घोषणा गरेका हुन् । ” आज बाट मार्च २१ देखि जारी स्टे होम अर्डर हटाइएको छ । कृपया आफ्नो जिम्मेवारी र सुरक्षा उपाय हरुलाई जारी राख्नु होला । जब सार्वजनिक रूपमा बाहिर निस्कनुहुन्छ, अनुहार ढाक्ने मास्क लगाउनु होस् र अरूसंग सामजिक दुरी कायम राख्नुहोस् । ” गभर्नर मर्फीले भने ।
यसका साथै आजै देखि यस अघि लागु गरिएको २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने नियम लाई पनि परिमार्जन गरि घरि भित्रको संख्या लाई जम्मा क्षमताको २५ प्रतिसत वा ५० जना सम्म र घर बाहिरको संख्या लाइ १०० जना सम्म पुर्याइएको छ । यद्दपी न्युजर्सीमा दैनिक ३०० देखि ४०० जना सम्म नया संक्रमित देखिदै आएका छन् भने १०० जनाको हाराहारीमा मृत्यु हुदै आएको छ । आज पनि राज्य भर ३७५ जना नया संक्रमित थपिएका छन् भने ९० जनाको ज्यान गएको छ ।
आज को प्रेस ब्रिफिंग कार्यक्रमको सुरुवातमा मिनोसोटा राज्यको मिनेयापोलिसमा पुलिसले पक्राउ गर्ने क्रममा मारिएका अश्वेत नागरिक जर्ज फ्लोयडको सम्झनामा केहि समय मौन धारण समेत गरिएको थियो ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...