अमेरिका– अमेरिकाको वायुसेना प्रमुखमा पहिलो पटक अश्वेत अमेरिकन नागरिक जनरल चाल्र्स ब्राउन जुनियर बनेका छन् ।
अमेरिकाको सिनेटमा मंगलबार सर्वसम्मत रुपमा उनलाई बायु सेना प्रमुखमा नियुक्त गरिएको पृष्टि गरिएको हो । अमेरिकाको सैन्य सेवाको नेतृत्व गर्ने उनी पहिलो अश्वेत अधिकारी बनेका छन् । मतदानकै आधारमा उनलाई चुनिएको हो । उपराष्ट्रपति माइक पेन्सले सिनेटमा मतदानको अध्यक्षता गरेका थिए ।
उनको पक्षमा ९८ सदस्यले मतदान गरेका थिए । वायुसेना प्रमुख बनेका चाल्र्स यस अघि युएस पेसिफिक एयरफोर्सको कमाण्डर बनीसकेका छन् । उनीसंग २ हजार ९ सय घन्टा भन्दा धेरै विमान उडाएको अनुभव छ ।
उनी १९८४ मा अमेरिकाको वायुसेनामा सामेल भएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected