जिन्दगी प्रतियोगिता हो अवसर हुन्छ, हुन्छ
जो खेलबाट बाहिरिन्छ बेखबर हुन्छ, हुन्छ

विश्व घुमेर नथाकेको एक मुसाफिरलाई पनि
आफ्नै देशमा देह त्याग्ने रहर हुन्छ, हुन्छ

तिमी आउ या नआउ मेरो जिन्दगीमा
तिम्रो नामको दिलमा एउटा घर हुन्छ, हुन्छ

म मरेको दिन यो दुनियाँ खुशी होला, तर
मेरी आमाको आखामा सागर हुन्छ, हुन्छ

यो कुरा कहिल्यै सोच्दैन भट्टी चलाउनेले

पिए पछि जो कोहिको भर हुन्छ, हुन्छ

 

-टेक्सस,अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected