अमेरिका-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एचवान बी  भिसा खारेज गर्ने संभावना बढेर गएको छ ।
अमेरिकामा बेरोजगारी दर बढेपछि राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी भिसा खारेज गर्ने संभावना बढेको हो।
अमेरिकामा बेरोजगारी दर बढदै गएपछि ट्रम्पले आप्रजवासी सम्बन्धी यो भिसा खारेज गर्ने संभावना बढेको हो ।
द वाल स्ट्रीट जर्नलमा हालै प्रकाशित समाचार अनुसार अमेरिकी सरकारले यसै वर्षको अन्त्य देखि यो भिसा खारेज गर्ने अनुमति दिन सक्ने बताइएको छ । अमेरिकामा अक्टोबर महिना वित्त वर्षको रुपमा चिनिन्छ । यही महिना देखि नै कयौ नया भिसाहरु जारी गरिने गरेको छ । यो भिसा खारेज भएसंगै यहा“ एचवान बि भिसामा काम गर्नेहरुलाई भने असर नपुग्ने बताइएको छ ।
यो भिसाले खास गरी अमेरिकाका कम्पनीहरुमा विदेशी कामदारलाई नियुक्त गर्ने सुविधा दिदै आएको छ । विशेष गरी यो भिसा आइटी र प्रविधि क्षेत्रसंग सम्बन्धीत रहेको छ
अमेरिकामा विशेष गरी यो भिसामा अधिकांश भारतीय मुलका आप्रवासीहरु रहेका छन् । त्यसोत अमेरिकामा पनि हरेक वर्ष हजारौको संख्यामा प्राविधिक कर्मचारी नियुक्त गर्न आप्रवासीमा निर्भर रहदै र्आएको छ ।
कोरोना संकटका कारण यो भिसाबाट धेरै आप्रवासीहरुको जागीर गुमीसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected