अमेरिकाको क्यालिफोर्नियामा एक भारतीय मुलका आइटी कम्पनीका मालिकको हत्या भएको छ । आइटी विशेषज्ञ तथा डिजिटल मार्केटिङ कम्पनी अत्रेनेट इंकका मालिक तुषार अत्रेको हत्या भएको स्थानिय संचार माध्यमहरुले जनाएका छन् । उनी आफनै प्रेमिकाको कारमा मृत भेटिएका थिए । मंगलबार देखि बेपत्ता भएक उनी शुक्रबार मृत भेटिएका थिए । उनको अपहरण गरिएको हत्या गरिएको हुन सक्ने जनाइएको छ । रिहायशी क्यालिफोर्निया बस्दै आएका ५० वर्षीय अत्रेलाई आफनो प्रेमिकाको कारमा जबरजस्ती बसाएर अपहरण गरी हत्या गरिएको हो । घना जंगलको बीच एउटा घरमा पुलिसले कार सहित उनको शब फेला पारेको थियो । हत्या के कारणले हो खुल्न सकेको छैन । पुलिसले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।
टेक कम्पनी चलाउदै आएका उनको कामको शैलीबाट कार्यरत कर्मचारी सबै खुशी थिए । उनको कम्पनीले सिलिकन भ्याली कर्पेरेट कारोबारको आवश्यकता पुरा गदै आएका् थियो ।

-एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected