अमेरिकामा कोरोना भाइरस बिरुद्धको खोप परीक्षणको अन्तिम चरणमा

कुमार जंग कार्की
अमेरिका-अमेरिकामा कोरोना भाइरस बिरुद्दको खोपको विकास गरि मानबमा परीक्षण शुरू गर्ने पहिलो कम्पनि मोडेरनाले खोपको तेस्रो तथा अन्तिम परीक्षण जुलाईमा गर्ने भएको छ । सुक्रबार अमेरिकाको म्यासाचुसेट्स राज्यमा रहेको बायोटेक कम्पनी मोडेरनाले करिब ३०,००० स्वयंसेवकहरूमा कोरोनाभाइरस रोक्नको लागि आफुले अनुसन्धान गरि रहेको खोपको अन्तिम तथा तेस्रो चरणको परीक्षण गर्ने जानकारी दिएको हो । कम्पनिले मार्च १६ तारिखमा पहिलो पटक वासिंगटन राज्यको सियाटलमा करिब ४५ स्वयंसेवि हरुमा खोपको पहिलो परीक्षण प्रारम्भ गरेको थियो । त्यस्तै FDA ले मे ७ मा कम्पनि लाई दोस्रो तहको परिक्षणको अनुमति दिए पश्यात करिब ६०० जनामा दोस्रो चरणको परिक्षण गरिएको थियो । यदी खोपले सोचे अनुरुप सफलता हासिल गरेमा सेप्टेम्बरमा खोप बजारमा आउनेछ । मोडेरनाले एक स्विस कम्पनि संग मिलेर बार्षिक करिब १ अरब खोप तयार पार्ने गरि योजना अगाडी सारेको छ ।
कम्पनिले यस अघिनै जानकारी दिए अनुसार खोपमा नयाँ प्रविधिको प्रयोग गरिएको छ । प्रायः परम्परागत खोपहरूमा शरीरमा निष्क्रिय वा कमजोर भाइरसहरु प्रवेश गराइन्छ र यसको एन्टिबडीहरू उत्पादन गरि प्रतिरक्षा प्रणालीलाई मजबुत बनाइन्छ तर mRNA-1273 नामकरण गरियको यस खोपमा mRNA molecule हरु शरीर भित्र प्रवेश गराई सरिरका कोष हरु लाई कोरोनाभाइरसको स्पाइक प्रोटीन बनाउन निर्देशन दिइन्छ , जुन कोरोना भाइरसले मानव कोषहरूलाई संक्रमित गर्न प्रयोग गर्दछ , जसले गर्दा सरिरले कोरोना भाइरस बिरुद्ध एन्टीबडी तयार गर्दछ ।
त्यस्तै अमेरिकी बहुराष्ट्रिय कम्पनि जोनसन एण्ड जोनसनले पनि बिहिबार आफुले अनुसन्धान गरिरहेको खोपको मानव परीक्षण जुलाईमा गर्ने योजनामा रहेको बताएको छ भने Inovio, CanSino and Pfize जस्ता कम्पनि हरु पनि खोपको परीक्षण चरणमा रहेका छन् ।