ऎना जस्तो कुनै बस्तु नहुँदो हो
म आफुलाइ, तिमी जस्तै देख्थें
तिमी म मा तिमी आफू देख्थेउ
उस्तै दुरुस्तै
रंग-भेदको पर्खाल बिना
अन्तर आँखाले
एक अर्कालाइ हेर्थेउं
हामी एकै हुन्थेउँ
तर
बस्तु ऎना भन्दा पनी
‘समाज’ डरलाग्दो ऎना

एउटै आकास ओढे पनी
एउटै धरा टेके पनी
एउटै प्रकृति सङ्ग हासे रोए पनि
हामी बर्गित भएउं
मन देखि खण्डित भएउं

आउ रङ्गले होइन
मायाले बुझौं एक अर्कालाइ

आउ रङ्ग भेद होइन माया रोपौँ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected