अमेरिका– कोरोनाभाइरस संक्रमणको विषयमा भएको पछिल्लो अध्ययनले मानिसमा फेरी थप चिन्ता बढाईदिएको छ ।
कोरोनाभाइरस विना लक्षण पनि मानिसमा देखिने एउटा अध्ययन सामन्ने आएपछि चिन्ता थपेको हो । कोरोनाभाइरस संक्रमणको ४५ प्रतिशत संक्रमणको मामलामा कुनै संक्रमणको लक्षण नै देखिएको छैन । अध्ययन अनुसार विना लक्षण हुने संक्रमणले मानिसको भित्री शरीरमा हानी पु¥याईरहेको हुन सक्ने दाबी गरिएको छ ।
अमेरिकाको स्कृप्स रिर्सच टान्सलेशनल इन्स्टयुटका एरिक टोपोल सहितका केही वैज्ञानिकले गरेको अध्ययनमा कोरोनाभाइरस को विना लक्षण खालको संक्रमणको समिक्षा गरेका छन् ।
अमेरिकाको एक जर्नलमा प्रकाशित समाचार अनुसार संक्रमणको कुल मानिस मध्ये ४० देखि ४५ प्रतिशत विना लक्षणका हुन सक्ने र उनिहरुको कोरोनाभाइरस संक्रमण फैलिनमा उनिहरुको भुमिका उल्लेख्य रहेको बताइएको छ ।
अध्ययनकर्ता टोपालका अनुसार कोरोनाभाइरस यसरी फैलिनुले नियन्त्रण गर्ने काम झनै चुनौतीपुर्ण बनाइदिएको बताएका छन् । उनले विना लक्षण देखिने सक्रमणको बारेमा गंभीर हुनु पर्ने र अन्यथा यसले झनै समस्या ल्याउने उनले बताए ।
अध्ययनका अनुसार विना संक्रमण भएका व्यक्तिले लामो समय सम्म संक्रमण फैलाउन सक्ने बताइएको छ । यो समय १४ दिन भन्दा अधिक पनि हुने सक्ने वैज्ञानिकको दाबी छ । टोपोलले विना लक्षणभएको संक्रमीतहरुको बारेमा थप अध्ययन हुनु जरुरी रहेको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected