म जागु कि निद्रामा रहुँ
मुहार उसैकाे देखिन्छ
के भनु म कसरी भनु
माया मा के के लेखिन्छ

तिम्रो नजिक हुदाँ
मनै प्रफुल्ल हुन्छ
तिम्रो ख़्याल मात्रले पनी ,
मेरो संसार नै सुनौलो देखीन्छ
के भनु म क़सरी भनु ,
माया मा के के लेखिंन्छ

तिम्रो केशको सुगन्ध
त्यो लाली तिम्रो रंगको
मखमली गुलाबी स्पर्श
अनि आँखाको क़ुरा तिम्रो
मनमा माया भएपछी
अपूर्ण पनी सम्पूर्ण देखीन्छ
के भनु म कसरी भनु
माया मा के के लेखिंन्छ

सपना अनि बिपनामा
जीवन को हरेक पलमा तिमि
पागल जस्तो हालत छ मेरो
के माया मा यस्तै भईन्छ??
म अब कसरी भनु
मायामा के -के भोगिन्छ

सेलम मैसचूसेट्स
अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected