अमेरिका– अमेरिकामा कोरोनाभाइरसको उपचार एक जना व्यक्तिलाई निकै मंहगो परेको छ । अमेरिकाको सियाटलमा बसोबास गर्ने ७० वर्षिय माइकल फ्लोर ६२ दिन सम्म कोरोनाभाइरस संग लडे र निको भए ।
कोरोनालाई जितेपछि उनलाई लाग्यो अब आफनो समस्या सबै टाढा भयो । तर उपचार पछि उनले नसोचेको भयो । उनलाइ आफु उभिएको ठाउँ भासिए जस्तै भयो ।
उपचार पछि जब उनलाई अस्प्तालले ११ लाख डलरको बिल थमाइदिए पछि उनको होस ह्वास उडयो ।
सियाटलको स्वीडिस  मेडिकल सेन्टरमा उनलाई उपचारपछि उनलाई १८१ पेज लामो बिल थमाइयो तब उनी केही सोच्नै सकेनन ।
उक्त बिलमा हरेक दिन ५० चीजको झण्डै ३ हजार चीजको लिस्ट सोमल थियो । ४२ दिन स्पेशल आइसोलेसन, आइसियुकालागी ४ लाख ८ हजार ९१ डलर २९ दिनको भेन्टिलेटरका लागी ८२ हजार २१५ डलर गरी अन्य विभिन्न उपचारमा चार्ज लगाइएको थियो । उनलाई लामो समय सम्म अस्पताल बस्ने कोरोनाको बिरामी भन्दै स्थानिय सियाटल टाइ
उनले बिल देखेपछि सुस्ताउदै भने– ‘आखिर म किन बाँचे ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected