सचिन घिमिरे

क़तार– जुन १५ बाट कतारमा विभिन्न क्षेत्रमा लगाईएको प्रतिवन्ध खुकुलो बनाइएको छ । कोरोना भाइरसका कारण स्थिति विकाराल आउने संम्भावनालाई ध्यानमा राखि विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाईएकोमा हाल कोरोना भाइरसका संक्रमण दर कमि भएकाले कतार सरकारले चार चरणमा प्रतिवन्ध हटाउने योजाना ल्याएको हो । यस अघिनै विपत्ति व्यवस्थापन समितिका प्रमुख लोल्वाह अल खतेरले पत्रकार सम्मेलनमा जुन १५ देखि सेप्टेम्बर महिनाभित्र चार चरणमा प्रतिवन्ध फुकुवा गर्ने जानकारी दिनु भएको थियो । त्यस्तै भाइरसको संक्रमण दरमा कमि नआए योजना हेरफेर हुने पनि जानकारी दिनु भएको हो ।

पहिलो चरण अन्तर्गत सिमित मस्जिदहरु खुलेका छन । नवाज पढ्नको लागि आजन भएपछि मात्र भिडभाड नगरि, सामाजिक दुरी कायम राख्दै मस्तिजमा नवाज पढ्न सकिने छ । त्यस्तै मस्तिजमा सबैले घरमानै हातमुख धोएर आउनुपर्ने, पुरा अवधिभर पन्जा र मास्क लगाउनु पर्ने, एह्तेराज एप डाउनलोड भएको मोबाइल बोक्नु पर्ने, आफ्नो लागि आफैले कुरान ल्याउनु पर्ने, व्यक्त्तिगत म्याटमा बसेर नवाज पढ्ने आदि कुराहरु पालना गर्नुपर्दछ । अति आवश्यक भएको खण्डमा कतारबाट बाहिरिन सक्ने साथै कतार आउनेको हकमा आफ्नै खर्चमा तोकिएको होटलमा १४ दिन क्वारेन्टाइन बस्न सकिनेछ । व्यायामका लागि केही पार्कहरु खुलेका छन, जँहा १२ वर्ष भन्दा कम बालबालिकालाई जान अनुमति हुने छैन । निजि मेडिकल सेन्टरहरुले ४०% सेवा दिन सक्नेछन । खुला क्षेत्रमा खेलकुद अभ्यास गर्न पाइने भएको छ । २०% कामदारले कार्यक्षेत्रमा काम गर्न सक्नेछन । त्यस्तै आज देखि बन्द रहेका केहि स्टोर पनि खुलेका छन । सबैले सामाजिक दुरी पालना गर्नुपर्ने, एह्तेराज एप डाउनलोड भएको मोबाइल बोक्नु पर्ने र मास्क लगाई रहनुपर्ने छ ।

जुलाई १ बाट दोस्रो चरणको प्रतिवन्ध खुलिनेछ । जस अन्तर्गत सिमित समयका लागि मल, मार्केट तथा होलसेल मार्केट खुल्नेछन, कम मानिस हुने केही रेस्टुरेन्टहरु खुल्नेछन, पार्क तथा कर्नेश खुल्नेछन, निजि मेडिकल सेन्टरहरुले ६०% सेवा दिन सक्नेछन । १० जना भन्दा कमको संख्यामा खुला क्षेत्रमा व्यायाम तथा जिमसेन्टरमा अभ्यास गर्न सक्नेछन, संग्रहालय र लाइब्रेरी सिमित समयका लागि खुल्नेछन, त्यस्तै ५०% कामदारले कार्यक्षेत्रमा काम गर्न सक्नेछन ।

तेस्रो चरण अगस्ट १ देखि लागु हुनेछ । यस चरणमा भाइरस कम संक्रमित देशका नागरिकलाई अगष्ट १ देखि कतार प्रवेश गर्न दिइनेछ तर सबै यात्रुले अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ, निजि मेडिकल सेन्टरहरुले ८०% सेवा दिन सक्नेछन । सबै सपिङ सेन्टरहरू खुल्नेछन, ड्राइभिङ स्कुलरहरू खुल्नेछन, नर्सरी र चाइल्ड क्यर सेन्टर खोल्नेछन, ८०% कामदारले कार्यक्षेत्रमा काम गर्न सक्नेछन त्यस्तै ५०% मात्रामा बुटी पार्लर, मसाज सेन्टर तथा सेलुन, क्लब जिम सेन्टर, स्विमिङ्ग पुल आदि खोल्न सक्नेछन ।

कतारमा चौथो चरणको रुपमा सेप्टेम्बर १ देखि प्रतिवन्ध कम रहनेछ । सम्पूर्ण मल, सपिङ सेन्टर तथा होलसेल मार्केटहरु खुल्नेछन, रेस्टुरेन्ट होटलहरु पूर्ण संचालनमा आउनेछन, सावधानी अपनाएर उडान विस्तार गरिनेछ, मेट्रो तथा बस चल्नेछन, शैक्षिक संस्था खुल्नेछन, संग्रहालय र लाइब्रेरी खुल्नेछन, सिनेमा घर खुल्नेछन, त्यस्तै दर्शक सहित खेलकुद संचालन गर्नसकिनेछ, १००% कामदारले कार्यक्षेत्रमा काम गर्न सक्नेछन त्यस्तै निजि मेडिकलहरुले पूर्ण रुपमा सेवा दिन सक्नेछन ।

कतारमा चौथो चरणको प्रतिवन्ध फुकुवासँगै कोरोना भाइरसका संक्रमण दरमा कमि आउने आंकलन गरिएको छ । यदि नआएको खण्डमा प्रतिवन्ध हेरफेर गर्ने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected