अमेरिका– अमेरिकाकाले जर्मनीमा तैनाथ आफनो सैनिकको संख्या कटौती गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ५२ हजार रहेकोमा कटौती गरेर २५ हजारमा झारिने बताएका छन् । वाइट हाउसमा संवाददाताहरु संग कुरा गदै ट्रम्पले कटौती गर्नुको मुख्य कारण खर्च रहेको बताए ।
ट्रम्पले भने– जर्मनीमा हाम्रो सैनिक ५२ हजार छन् । यो संख्या अति नै धेरै हो ,। अमेरिकाका लागी यो ठुलो खर्च पनि हो ।
जर्मनीले भने नाटो भुक्तानीमा बिलम्ब गरिरहेको उनले आरोप लगाए । जर्मनी दुई प्रतिशत भुक्तानी गर्नुपर्नेमा एक प्रतिशत पनि मुस्किले गरिरहेको बताए । यो भन्दा पनि बढी भुक्तानी हुनुपर्ने देखिन्छ र अहिले भइरहेको ज्यादै कम हो ।
उनले यही कारण सैनिकको संख्या घटाएर २५ हजारमा झार्न खाजेको बताए । उनले जर्मनीमा रहेका अमेरिकी सैनिकले राम्रो तलब सुविधा पाउने र आफनो कमाईको ठुलो हिस्सा जर्मनीमा खर्च गरिरहेको समेत बताए । यसले झनै जर्मनीलाई आर्थिक समृद्धिमा फाइदा पुगेको छ ।
उनले जर्मनीले केवल फाईदा लिन खोज्ने र हामी माथि राम्रो व्यवहार नगर्ने आरोप समेत लगाए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected